बाढीले पुरानो त्रिशूली बजार भग्नावशेषमा परिणत, २५० भन्दा बढी घर पूर्ण क्षति



नुवाकोट,असोज २५ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको पुरानो त्रिशूली (साँघु) बजार भग्नावशेषमा परिणत भएको छ। बाढीले जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको त्रिशूली बजारमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण बजार क्षेत्रका २५० भन्दा बढी आवास पूर्ण रूपमा क्षति भएका छन्। घटनामा दुई जनाको मृत्यु भएको छ भने ९० जना अझै हराइरहेका छन्।

बाढीले बजारका घर तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि पुरानो त्रिशूली बजारको स्वरूप नै बदलिएको छ। व्यापारिक चहलपहलले भरिभराउ रहने बजार अहिले बाढीले पुर्‍याएको विनाशका कारण भग्नावशेषमा परिणत भएको छ।

प्रतिक्रिया दिनुहोस्