कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
नुवाकोट,असोज २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्री पदमा विभिन्न उम्मेदवारले मत प्राप्त गरेका छन्। सार्वजनिक मतपरिणामअनुसार खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिएका छन्।
उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ५४३ मत प्राप्त गरेका छन्। ई. मधु आचार्यले २९५, गोविन्द भट्टराईले २४५, सुरेन्द्रराज पाण्डेले २४४, दीपक गिरीले २१२, धनराज गुरुङले १७६ र प्रा. डा. चन्द्रमोहन यादवले ११८ मत पाएका छन्। यस पदमा दुई जना निर्वाचित हुनेछन्।
समावेशी उपसभापतितर्फ बिनोदकुमार चौधरीले ३०१ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। जीवन परियारले २४६, फरमुल्लाह मंसुरले १४३, सीता गुरुङले १३१ र रञ्जित कर्णले ८७ मत प्राप्त गरेका छन्। यस पदमा एक जना निर्वाचित हुनेछन्।
खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ५९५ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले ३९९, उदयशमशेर राणाले ३२३, डा. सुनिलकुमार शर्माले २५९, गुरुराज घिमिरेले १४९, नैनसिंह महरले १११, शंकर तिवारीले १७ र डा. सन्तोष उपाध्यायले १६ मत पाएका छन्। खुला महामन्त्रीमा दुई जना निर्वाचित हुनेछन्।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ४८१ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ४३६ र रीता खनालले १२६ मत पाएकी छन्। यस पदमा एक जना निर्वाचित हुनेछन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

