बूढीगण्डकीको बाढीले माछीखोला पुल बगायो, चार जना सम्पर्कविहीन



गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले पुल बगाउनुका साथै माछीखोला बजारमा समेत क्षति पुर्‍याएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाटको सोती र मान्बु जोड्ने पुलसमेत बगाएको छ ।

उङगिलुङ खोला किनारमा रहेका चार वटा गोठ पनि बाढीले बगाएको छ । गोठमा बाँधिएका १५ वटा याक र नाकसमेत बगेका छन् भने पशुको हेरचाहमा खटिएका चार जना सम्पर्कविहीन भएका छन् ।

बाढीका कारण पुल, बजार तथा पशुचौपायामा क्षति पुगेको छ भने सम्पर्कविहीन भएकाहरूको अवस्था खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्