बुढीगण्डकी बाढीको अवस्थाबारे मनसुन प्रतिकार्य कमाण्ड बैठक जारी
गोरखा,असोज २५ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीको अवस्थाबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक बिहानदेखि जारी छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा जारी बैठकमा बाढीको अवस्थाको निरन्तर अनुगमन, विश्लेषण तथा सम्भावित जोखिमबारे छलफल भइरहेको छ। बैठककै क्रममा सम्बन्धित निकायलाई आवश्यक सूचना प्रवाह गर्नुका साथै निर्देशनसमेत दिइँदै आएको छ।
बैठकमा गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत कमाण्ड पोष्टका सदस्यहरूको उपस्थिति छ।
बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था निरन्तर निगरानी गर्दै आवश्यक उद्धार तथा प्रतिकार्यका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

