बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको एक्रो ब्रिज जडान सम्पन्न



नुवाकोट,असोज २५ । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा नेपाली सेनाले ४० टन भारवहन क्षमताको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको छ।

पुल जडान भएसँगै नुवाकोट र रसुवा क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्न पनि सहज हुने अपेक्षा गरिएको छ।

बाढीका कारण प्रभावित क्षेत्रको आवागमन र आपूर्ति व्यवस्थामा समस्या भइरहेका बेला पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै राहत तथा उद्धार कार्यमा खटिएका निकायलाई समेत ठूलो राहत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्