घटस्थापनाका दिन सुनको मूल्य बढ्यो कतिमा हुँदैछ तोलाको कारोबार ?
काठमाडौं,असोज २५ । दसैँ नजिकिँदै गर्दा नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ। घटस्थापनाका दिन आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
गत साता पनि सुनको मूल्य लगातार बढेको थियो। बुधबार प्रतितोला ८ सय रुपैयाँ, बिहीबार ५ सय रुपैयाँ र शुक्रबार २ हजार ९ सय रुपैयाँले सुनको मूल्य बढेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

