बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार, खोज तथा उद्धार कार्य जारी



गोरखा , असोज २५। बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार उद्धारका लागि चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको सेनाको टोलीले विभिन्न स्थानबाट उनीहरूको उद्धार गरेको हो।

सेनाले जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशुसहित एक विदेशी नागरिकसमेत ९ जना तथा पायुबाट १२ जनाको उद्धार गरेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्