बूढीगण्डकी बाढी : जोखिममा परेका ३६ जनाको सेनाद्वारा हवाई उद्धार
गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार गोरखाको धार्चे क्षेत्रका विभिन्न स्थानबाट हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये जगत गाउँबाट ६ जना, न्याकफेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जना रहेका छन्।
बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिम बढेपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा हवाई उद्धार कार्य सञ्चालन गरेको हो।

