पञ्चकन्यामा तरकारीबाली उपचार शिविर सम्पन्न
नुवाकोट,असोज २६ । पञ्चकन्या गाउँपालिकामा तरकारीबालीको संरक्षण तथा रोगकिराको पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्यले बाली उपचार शिविर सम्पन्न भएको छ।
२०८३ असोज २६ गते तरकारीबाली विकास कार्यालयको आयोजना तथा पञ्चकन्या गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो।
गाउँपालिका उपाध्यक्ष विमला केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, तरकारीबाली विकास कार्यालयका अधिकृत तथा कर्मचारी, गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारी र स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।
शिविरले कृषकलाई तरकारीबालीमा देखिने रोग तथा कीरा पहिचान गर्न र बालीको उचित उपचार तथा व्यवस्थापनसम्बन्धी जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

