पञ्चकन्याका बाढीपहिरो प्रभावितलाई सहकारीबाट सहयोग



नुवाकोट,असोज २६ । भदौ ४ र ५ गतेको अविरल वर्षाका कारण बाढीपहिरोबाट प्रभावित पञ्चकन्या गाउँपालिकाका नागरिकका लागि राहत सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।

यसै क्रममा आधारशिला सामाजिक उद्यमी महिला सहकारी लिमिटेडका सञ्चालक सदस्यहरूको तर्फबाट गाउँपालिकालाई १५ हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको छ।

उक्त रकम सहकारीका सञ्चालक सदस्यहरूले गाउँपालिका उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन्।

बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले प्राप्त सहयोगले प्रभावित परिवारलाई सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्