संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन
काठमाडौं,असोज २६ । संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने क्रममा बाटोमै उहाँको निधन भएको हो।
स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ।

