शिवपुरीका वडा नं. १ र ३ मा सामाजिक सुरक्षा भत्ता वितरण



नुवाकोट,असोज २७। शिवपुरी गाउँपालिकाका वडा नं. १ र ३ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ। सोमबार गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, सानिमा बैंकका कर्मचारी र प्रहरीको समन्वयमा सम्बन्धित वडा कार्यालयबाट भत्ता वितरण गरिएको हो।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्गका नागरिकलाई राज्यबाट प्राप्त सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइएको छ। वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्दा लाभग्राहीलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्