अन्तर व्यवस्थापिका सङ्घको महासभामा सहभागी भएर सभामुख अर्याल स्वदेश फर्किए



काठमाडौँ,असोज २७ । तान्जानियाको अरुशामा आयोजित अन्तर व्यवस्थापिका सङ्घको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल आज अपराह्न स्वदेश फर्कनुभएको छ।

असोज १९ देखि २३ गतेसम्म सञ्चालन भएको महासभामा सभामुख अर्यालले संसदीय अभ्यास, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका विषयमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो।

महासभामा सहभागिताका क्रममा सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमणसमेत गरेको थियो। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले केन्याको संसदीय अभ्यास र बजेट निर्माण प्रक्रियाबारे जानकारी लिएको थियो।

प्रतिक्रिया दिनुहोस्