स्वास्थ्य क्षेत्रका आन्दोलनकारीसँग भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौँ,कात्तिक १२। सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको बैठकमा यसअघि भएका सहमतिको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो।
वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार बैठक आयोजना गरेको जनाइएको छ।

