बाँकेको अम्बे स्टील उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी



बाँके, कात्तिक १५ । बाँकेको जानकी गाउँपालिकास्थित अम्बे स्टील उद्योगमा आगलागी भएको छ। उद्योगमा रहेको फलाम गलाउने भट्टीमा आगलागी भएपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ।

आगलागी नियन्त्रणका लागि तीनवटा दमकल परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेर आगो नियन्त्रण तथा उद्धार कार्यमा खटिएको छ।

जानकी गाउँपालिका–५ का वडाध्यक्ष टीकानाथ यादवका अनुसार उद्योगको फलाम गलाउने भट्टीमा आगलागी भएको हो। आगो नियन्त्रणका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।

आगलागीमा कामदार घाइते भए–नभएको तथा घाइतेको सङ्ख्या र अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। आगलागीको कारण र भौतिक क्षतिको विवरणसमेत खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्