प्रहरी महानिरीक्षक डा. मनोज केसीद्वारा पदबहाली, प्रहरीलाई निर्देशन
काठमाडौं,कात्तिक १९ । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पदबहाली गर्नुभएको छ।
पदबहालीसँगै प्रहरी प्रधान कार्यालयमा उहाँको स्वागत तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक केसीले प्रहरी अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै निर्देशन दिनुभएको छ।
कार्यक्रममा प्रहरी सङ्गठनको जिम्मेवारी, कार्यसम्पादन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो।

