हरिबोधिनी एकादशीका अवसरमा नुवाकोट किस्पाङमा मंसिर ४ गते सार्वजनिक बिदा



नुवाकोट,मंसिर २ । नुवाकोटको किस्पाङ गाउँपालिकाले हरिबोधिनी एकादशी मेलाको अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको सूचनाअनुसार धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको हरिबोधिनी एकादशी मेलाको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो।

उक्त दिन गाउँपालिका मातहतका कार्यालय तथा निकायहरू बन्द रहने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्