नुवाकोट वन पैदावर काष्ठ उद्योग व्यवसायी संघको अध्यक्षमा जीवनमणि पौडेल
विदुर,मंसिर ६ । उद्योग व्यवसायलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धतासहित नुवाकोट वन पैदावर काष्ठ उद्योग व्यवसायी संघको अधिवेशन तथा साधारण सभा विदुरमा सम्पन्न भएको छ ।
संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाले आगामी कार्यकालका लागि जीवनमणि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले व्यवसायीहरूलाई संस्थागत रूपमा आबद्ध गराउँदै व्यवसायको प्रवर्द्धन र विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
संघले नुवाकोटमा व्यवसाय दर्ता गरी काष्ठ उद्योग तथा वन पैदावर व्यवसायीहरूलाई संस्थागत रूपमा आबद्ध गराउँदै आएको जनाएको छ ।

