कोशी र मधेसका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं,मंसिर ६ । पश्चिमी वायु र भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो मधेस र कोशी प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको तराई भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस्