बाढी प्रभावित नुवाकोटका विद्यार्थीलाई स्वेटर सहयोग



नुवाकोट,मंसिर ९। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यार्थीलाई चिसो मौसममा राहत पुर्‍याउने उद्देश्यले स्वेटर सहयोग गरिएको छ।

विदुर नगरपालिका–५ निवासी हाल स्विट्जरल्यान्डमा बसोबास गर्दै आउनुभएका विक्रम खाती र उहाँको परिवारले अर्किड विद्यालयका बाढी प्रभावित विद्यार्थीका लागि स्वेटर सहयोग गर्नुभएको हो।

विद्यालयका प्रधानाध्यापक रामहरि रिमालले सहयोगप्रति आभार व्यक्त गर्दै विदेशमा रहेर पनि आफ्नो क्षेत्रका विद्यार्थीको अवस्थाप्रति चासो राखी सहयोग गर्नु सराहनीय कार्य भएको बताउनुभयो।

विद्यालय परिवारले खाती र उहाँको परिवारप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयप्रतिको आत्मीयता र सहयोगी भावनाको प्रशंसा गरेको छ। साथै उहाँको उज्ज्वल भविष्य र निरन्तर प्रगतिको कामनासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्