मासु भण्डारण केन्द्रको अनुगमनमा कृषिमन्त्री, स्वच्छता र गुणस्तरमा जोड



काठमाडौँ,मंसिर १० । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गर्नुभएको छ ।

पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन मन्त्री चौधरीले बिहीबार ती केन्द्रको अनुगमन गर्नुभएको हो । उक्त ऐन मङ्सिर १ गतेदेखि कार्यान्वयनमा आएको छ ।

अनुगमनका क्रममा उहाँले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएको निरीक्षण गर्नुभएको थियो ।

उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पूर्ण पालना आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्