स्रोत नखुलेको ५० लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौँ,मंसिर १० । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद गरेको जनाएको छ । बरामद रकमको स्रोत नखुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

