मधेशका प्रदेश प्रमुखलाई कोशीको पनि जिम्मेवारी



काठमाडौँ,मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको समेत जिम्मेवारी तोक्नुभएको छ ।

कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्ने जिम्मेवारी दिइएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्