राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर



काठमाडौं,मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहनुभएको छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ स्थानमा रहनुभएको छ।

यसैगरी गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ स्थानमा रहनुभएको छ।

राष्ट्रपति कार्यालयले मङ्सिर १० गते जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्मा १७ सदस्यको मर्यादाक्रम कायम गरिएको छ। नयाँ सूचीमा कानुनमन्त्री गौतम यसअघि सातौँ स्थानमा रहनुभएकोमा तेस्रो स्थानमा पुग्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्