राजनीति

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

काठमाडौं, जेठ १४ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको

जनताको सेवक बन्न तत्पर छु : उपमेयर डंगोल

काठमाडौं,जेठ १३ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

बाजुरा,जेठ १३ । बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा

शिवपुरी ७ नम्बर वडाका शिक्षा तथा स्वास्थ्य प्रमुखले दिए नवनिर्वाचित अध्यक्ष तामाङलाई बधाई

नुवाकोट,जेठ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का शिक्षा तथा स्वास्थ्य प्रमुखले नवनिर्वाचित अध्यक्ष बिरबहादुर तामाङ भेटी बधाई तथा शुभकामना व्यक्त गरेका छन । वडा नम्बर ७ सुनखानीमा

दाङमा काँग्रेसको बर्चस्व, वडामा एमाले बढी

दाङ,जेठ १२ । दाङका पालिकामा काँग्रेसले बर्चस्व जमाएको छ भने वडामा नेकपा एमाले अगाडि छ । दश स्थानीय तहमध्ये काँग्रेसले पाँच, नेकपा माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे?

काठमाडौं, जेठ ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं, जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि

ललितपुरमा चिरिबाबु मेयरमा दोहोरिए

काठमाडौं, जेठ १० । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरिबाबु महर्जन मेयरमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरी निर्वाचित भएका हुन् । चिरिबाबु

भरतपुरको मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयर काँग्रेसका चित्रसेन अधिकारी विजयी

चितवन, जेठ १० । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका