एनसेलका ग्राहकले थप सस्तो दरमा कुराकानी गर्ने अफर



काठमाण्डाै -एनसेल नेटवर्कभित्रका एनएएलका ग्राहकलेआफ्ना साथीभाई तथा आफन्तजनसँग रातिको समयमा थप सस्ताे दरमा कुराकानीको फाइदा लिन सक्ने भएका छन् ।

एनसेलले कम्पनीले ल्याएकाे ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ अनुसार एनसेलका ग्राहकले एनसेल नेटवर्कभित्र रहेका सबैलाई बेलुका १० बजेदेखि बिहान ६ बजे सम्म मात्र १० रुपैयाँ (रु १२.७७ कर सहित) मा असीमित कुराकानी गर्न सक्ने बताईएकोछ।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक आज बिहरिबार (पुस ३) देखि सञ्चालनमा आएको हो । यो प्याक सुरु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरी प्याक सुरु गर्न सक्छन् ।

त्यस्तै एसएमएसमार्फत यो प्याक सुरु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयू’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुरु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्