दर्जनौं पुरुष बलात्कार गर्ने रेनहार्टलाई जन्म कैद



काठमाडौ : बेलायतमा पुरुष बलात्कारी रेनहार्ट सिनागालाई जन्मकैदको फैसला सुनाईएको छ।उनी माथि दर्जनौं ब्यक्ति माथि बलात्कारको अभियोग लागेको थियो।३६ वर्षीय इन्डोनेसियाका नागरिक सिनागा माथि १५९ यौन अपराधमा १३६ बलात्कारको आरोप थियो।

अदालतका अनुसार सिनागाले ४८ पुरुषलाई बलात्कार गरेका थिए । पुरुषलाई प्रलोभनमा पारी बलात्कार गर्ने गरेको आरोप उनी माथि लागेको थियो । प्रहरीका अनुसार रिनहार्डले १९० जनालाई लक्षित गरेको प्रमाण पाइएको छ । उनी यसअघि दुई मामिलामा आजीवन सजाय भोगीरहेका थिए । उनी माथि चार अलग-अलग मुद्धा चलेको थियो, जसमा १३६ बलात्कार, ८ बलात्कार गर्ने प्रयास र अन्य १४ यौन अपराध गरेको पाइएको थियो।उनलाई राक्षस यौन शिकारीको उपमा दिएको त्यहाँका न्यायाधीश सुजैन गोडारले उल्लेख गरेका छन।

प्रतिक्रिया दिनुहोस्