इरानसग वार्ता गर्छौं-अमेरिका



बिबिसी।केही दिनदेखि इरान र अमेरिका दुई देशबीच आपसी तनाव बढ्दै गए पनि अमेरिकाले इरानसँग आफुहरु ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको जानकारी दिएको छ।

तर संयुक्त राष्ट्रसङ्घलाई भने पत्राचार मार्फत अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ।
इरानले पनि सो हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

यता इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई उल्लेख गरेको छ।

सबैभन्दा शक्तिशाली मानिएका सुलेमानी इरानको नीतिनिर्माताका रूपमा हेरिन्थ्यो।उनको अन्तिम संस्कारमा लाखौं इरानीहरू सहभागी भएका थिए।

इरानका बरिस्ठ नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन्।

सुलेमानीसँग इराकी विद्रोही समूहका नेता पनि मारिएको र इरानसमर्थित ती समूहले पनि बदला लिने बताएका छन्।

तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आक्रमण नगर्न भनेको बताएका छन्।

अमेरिकी संसद्‍को तल्लो सदनमा बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ।

प्रतिक्रिया दिनुहोस्