अमेरिकामा शक्तिशाली आँधी,११को मृत्यु



होस्टन । अमेरिकामा शक्तिशाली आँधी गएको छ। अमेरिकाको दक्षिणी भुभागमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ ।

कडा हावाहुरी र बाढीसगै आएको आँधीले टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धार गर्न गएका उद्धारकर्ता समेत रहेको जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो ।

त्यसैगरी ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए ।

आँधीका कारण ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९५० भन्दा बढी उडान स्थगित भएका छन ।

प्रतिक्रिया दिनुहोस्