पाकिस्तानमा भारी हिमपात,२५ जनाको ज्यान गयो,संकटकाल घोषणा



एजेन्सी । पाकिस्तानमा हिमपात भएको छ।भीषण वर्षा सगै भएको हिमपातले २५ जनाको ज्यान गएको छ ।

साबैभन्दा धेरै बलुचिस्तानमा भारी हिमपातका कारण १४ जनाको मृत्यु भएको छ ।

भीषण हिमपातकै कारण बलुचिस्तानका सात जिल्लामा संकटकाल घोषणा गरिएको छ ।

खराब मौसमका कारण सडक र हवाइमार्ग समेत प्रभावित भएकाले कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीहरले जनाएका छन् ।

क्वेटांमा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् भने अीपतालमा दर्जनौं घाइते भर्ना भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्