चीनमा गयो शक्तिशाली भुकम्प



एजेन्सी । चीनमा शक्तिशाली भुकम्प गएको छ।आइतबार राति साढे नौ बजे चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।बिभागका अनुसार उक्त क्षेत्रमा ६.४ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।

अमेरिकी भूगर्भ बिभागका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिञ्जियाङको काशगर शहरबाट सय किलोमिटर पूर्वोउत्तर क्षेत्रमा रहेको जनाइए पनि त्यसबारे क्षतिको बिवरण आउन भने बाकी छ।

प्रतिक्रिया दिनुहोस्