इन्टरपोलका पूवर्प्रमुखलाई १३ वर्ष  जेल



काठमाडौं । इन्टरपोलका पूवर्प्रमुखलाई १३ वर्ष जेल सजाय सुनाइएको छ।घुसखोरीको आरोप लागेका इन्टरपोलका पूर्वप्रमुख मेङ होङ्वेलाई चिनियाँ अदालतले १३ वर्ष ६ महिनाको जेलसजाय सुनाएको हो ।

उनी इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए ।

भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो ।

मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकार गरेका छन् ।

तान्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।

अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका मेङ होङ्वे बेपत्ता भए ।

इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो । तर उनी हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।

आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्