अग्नि नियन्त्रक विमान दुर्घटना,चालकको मृत्यु ।



एजेन्सी । अग्नि नियन्त्रक विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
न्यु साउथ वेल्सकी प्रमुख ग्लेडिस बेरेजिक्लियनका अनुसार अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको हो ।

अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटनामा परी अमेरिकी मूलका चालक दलको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

बिहीबार स्थानीय समयअनुसार १ः३० बजे दक्षिणी न्यु साउथ वेल्समा एअर ट्याङ्कर विमान हराइरहेको बताइएको थियो । विमान दुर्घटनाका कारण पत्ता लाग्न सकेको छैन ।

हरक्युलिस सी–१३० पानीको फोहरा फ्याँक्ने विमान आगलागी भएको क्षेत्रका लागि तैनाथ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्