कोरोनाद्वारा मृत्यु हुनेको संख्या ४ सय कट्यो,२० हजार संक्रमित



काठमाडौ।चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसद्वारा मर्नेको संख्या ४ सय कटेको छ।सोमबार मृत्यु हुने संख्या ६४ थपिए पश्चात् ४२६ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै उक्त भाइरसबाट वुहानमा हालसम्म २०,४७१ संख्यामा स्थानीय संक्रमित भएको जनाइएको छ । चीनबाहिर भने उक्त भाइरसबाट करिब १५९ जना संक्रमित भएको पुष्टि समेत भएको छ।

कोरोना भाइरस नियन्त्रण गर्न चीनले हजार शैय्याको अस्पताल दस दिनमा निर्माण सम्पन्न गरी सोमबारदेखि उपचार समेत सुरु गरेको बताइएको छ। त्यस्तैगरि १६०० शैय्याको अस्थायी अस्पताल निर्माण गर्न तिब्र गतिमा लागि परेको जनाइएको छ ।

साथै उक्त संक्रमण हङकङमा पनि एकजनाको ज्यान गएको जनाइएको छ। चीनबाहिर कोरोना भाइरसका कारण ज्यान गएको यो दोस्रो घटना हो। यसअघि फिलिपिन्समा एक पुरुषको ज्यान गएको थियो ।

भारतको केरेला मा पनि उक्त भाइरसको संक्रमण देखा परेको छ । उक्त संक्रमणबाट विश्व नै त्रसित भएको देखिन्छ । विश्व स्वस्थ संगठन ले समेत सतर्कता अपनाउन विश्वलाइ आग्रह गरेको छ ।

तस्वीर:एजेन्सी

प्रतिक्रिया दिनुहोस्