कोरोना भाइरस:सुनसान बन्यो चीन,छ करोड मानिस घरभित्रै



एजेन्सी।कोरोना भाइरसको संक्रमणबाट बच्न चीनमा छ करोड मानिस घरभित्रै बसेका छन्।चीनका कतिपय शहर सुनसान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ। बिशेषत: चीनको उवानसहित तीन शहरका मानिस आवतजावत बन्द छ। अत्यावश्यकीय काममा केहि मात्र मानिस निस्कने गरेका छन्।बेइजिङमा पनि कमै मानिसरु घरबाहिर जान थालेका छन् । वेन्जो जस्ता व्यापारिक केन्द्रहरु पनि ठप्प छन् ।कोरोना भाइरसका कारण बिहिबार विहानसम्म ५६० मानिसको मृत्यु भैसकेको छ भने २८ हजार मानिस यस रोगबाट संक्रमित छन् । सँसारका २५ भन्दा बढी देशहरुमा कोरोना भाइरसका विरामी देखीसकेका छन् ।तस्बिर:एजेन्सी

प्रतिक्रिया दिनुहोस्