कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन



बेइजिङ। कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन भएको छ।कोरोना भाइरसको चेतावनी दिने ली वेनलियाङको निधन भएको हो।

कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टर मध्ये ली दोस्रो डाक्टर भएपनी गत डिसेम्बरमा नै चीनमा ‘सार्स’ भाइरसजस्तै प्रकोपको खतरा रहेको भन्दै चेतावनी दिने डाक्टर ली वेनलियाङ पहिलो डाक्टर हुन।

यसअघि माघ ११ गते हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्