कोरोनाद्वारा भारतमा पहिलो ब्यक्तिको ज्यान गयो



काठमाण्डाै,फागुन-३०।कोरोनाद्वारा भारतमा पहिलो ब्यक्तिको ज्यान गएको छ।कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको ज्यान गएको हो।बिबिसीका अनुसार त्यहाँ अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ।

यसैबीच इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

भाइरसकाे उद्गमस्थल चीनले भने नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको बताएको छ भने इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्