भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुग्यो



एजेन्सी,चैत-६।भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।कोरोना भाइरसबाट पञ्जाबमा एक जनाको मृत्यु भएको हो । संक्रमितको संख्या १ सय ७८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भाइरस संक्रमण तिब्ररुपमा फैलिएकाले भारतले मार्च २२ देखि अन्तर्राष्ट्रिय उडान तथा अवतरणमा प्रतिबन्ध समेत लगाइसकेको छ।र ६५ वर्षमाथिका र १० वर्ष मुनीका व्यक्तिलाई घरमै बस्न भनेको छ ।

भारत सरकारले निजी कम्पनी र सरकारी कार्यालयलाई सकभर वर्क फ्रम होम लागू गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्