भारतमा तीन हप्ता लकडाउनको घोषणा



काठमाडौं,चैत्र-११।भारतमा तीन हप्ता लकडाउनको घोषणा भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका हुन् ल। देशवासीको नाममा सम्बोधनका क्रममा उनले आज यस्तो अपिल गरेका हुन् । उक्त लकडाउन आज राति १२ बजेबाटनै सुरु हुनेछ।

भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् -“हात जोडेर म प्रार्थना गर्दछु कि यस समयमा तपाईं जहाँ भए पनि त्यहाँ बस्नुहोस्। वर्तमान अवस्थालाई ध्यानमा राख्दै मलाई प्रधानमन्त्रीको रूपमा होइन, तपाईको परिवारको सदस्यको रूपमा बोल्दै छु।उनले भनेका छन्।”

मोदीले सम्बोधनको क्रममा भावुक हुँदै भने, “मलाई विश्वास छ, प्रत्येक भारतीयले संकटको यस घडमीमा सरकार र स्थानीय प्रशासनको निर्देशनका पालना गर्नेछन्।”

हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट दश जनाको निधन भैसकेको छ भने पाँच सयभन्दा बढि संक्रमित रहेको विभिन्न मिडियाले रिपोर्ट गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्