कोरोनाका कारण भारतमा १२ जनाको ज्यान गयो



भारत,चैत-१२।कोरोना भाइरसका कारण भारतमा ज्यान जानेको संख्या १२ पुगेको छ। मध्य प्रदेशमा पहिलो कोरोना संक्रमितको मृत्यु भएसगै भारतमा मर्नेहरुको संख्या १२ पुगेको पछिल्लो समाचारमा उल्लेख छ।

मध्य प्रदेश इन्दौर बस्ने ६० वर्षीय कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । त्यसैगरी दिल्लीमा ५ नयाँ संक्रमित फेला परेका छन् ।

दिल्लीस्थित त्यहाँका मुख्यमन्त्रीका  अनुसार अहिलेसम्म दिल्लीमा नयाँ  संक्रमितहरुको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्