कोरोनाको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु



काठमाडौं,चैत-१३।कोरोनाको संक्रमणबाट बेलायतमा एक अर्को  नेपालीको मृत्यु भएको छ।मृत्यु हुनेमा ४० वर्षीय प्रशान्त अर्याल रहेका छन्।उनको लण्डनस्थित साउथ इष्टमा मृत्यु भएको पुष्टि गरिएको छ । उनको गत सोमबार नै मृत्यु भएको थियो।

त्यहाँस्थित स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको बताइएको छ। परीक्षणका क्रममा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो ।

बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे  जानकारी दिएका थिए ।

चितवन पुर्ख्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए।

यसअघि गत साता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्