लकडाउन लम्ब्याउने योजना छैन:भारत सरकार



काठमाडौ,चैत-१७ । अहिले भारतमा २१ दिने लकडाउन चलिरहेको छ।भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै लकडाउन लम्ब्याउने हल्ला चलिरहेको बेला २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ।यस अघि भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको थियो।

सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएसगै यसको पुष्टि भएको हो।

लकडाउन लम्ब्याउने या नलम्ब्याउने बिषयमा सञ्चारमन्त्री राजीव गौबाले म्याद थप्ने आशङ्काको सोमबार खण्डन गरेका छन।मन्त्री गौबाले भने “सरकारले २१ दिने लकडाउन लम्ब्याउन लागेको छ भनेर व्यापक हल्लाहरु भै राखेको छ, ति सबै हल्ला गलत हुन्, तोकिएको मितिमा लकडाउन अन्त्य हुनेछ ।”

भारतमा लकडाउन अवधिमा  मजदूर तथा गरिव वर्गलाई नराम्ररी मर्का परेको भन्दै आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्