भुटानले २१ दिन देश लकडाउन गर्यो



काठमाडौ,चैत-१८।भुटानले २१ दिनसम्म मुलुक लकडाउन गरेको छ। सोमबार घोषणा गरिएको २१ दिने लकडाउन आजबाट लागु गरेको हो। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। उच्च सर्तकताका लागि लकडाउन आवश्यक भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै  २१ दिने लकडाउन घोषणा गरिएको हो। भुटानमा सोमबारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्