भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघ्यो



एजेन्सी,चैत-२८।भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित  शुक्रबार विहानसम्म संख्या ६ हजार नाघेको छ।

गएको १२ घन्टा देखि यता भारतमा ५ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार त्यहाँ  शुक्रबार बिहानसम्म ६ हजार ४ सय १२ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।

यस तथ्य अनुरुप पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि यो क्रम जारी नै छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको १२ घन्टामा मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ ।

गएको १२ घन्टामा यहाँ ३० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय ९९ पुगेको भारतस्थित  स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्