कोरोनाबाट बिदेशमा १४ नेपालीको मृत्यु



काठमाडौँ,वैशाख-५ । विभिन्न देशमा गरी कोरोना भाइरस (कोभिड-१९)का कारण हालसम्म  १४ जना नेपालीको मृत्यु भएको छ। त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक यस भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा बेलायतमा आठ जना नेपाली नागरिक रहेका छन् । तीमध्ये सात जनाको कोरोनाबाट पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ३५ जना सङ्क्रमित छन् । अन्य ३० जना क्वारेन्टाइनमा छन् भने १० जना क्वारेन्टाइनबाट फर्किएका छन् । अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीनको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी रहेको जनाइएको छ । त्यहाँ कुल ६० जना नेपाली सङ्क्रमित छन् ।

सङ्क्रमित हुने नेपालीमध्य सबैभन्दा बढी न्युयोर्कमा रहेका छन।त्यहाँ ४५ जना नेपाली  छन् । त्यहाँ यो सङ्ख्याभन्दा धेरै नेपाली सङ्क्रमित रहेको अनुमान छ । मन्त्रालयका अनुसार, विभिन्न सहरको आफ्नै स्थानीय कानुन अनुसार सङ्क्रमितको विवरण गोप्य राखिएकाले पूर्ण जानकारी आउन अझै बाँकी छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार नेपाली नागरिकको विभिन्न अस्पतालमा उपचार समेत भइरहेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्