बेलायतमा लकडाउन तीन साता लम्बियो



एजेन्सी,वैशाख-५ ।बेलायतले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्न थप तीन साता लकडाउन थप्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन् ।  

प्रधानमन्त्री बोरिस जोन्सन अहिले कोरोना भाइरसको उपचारमा रहेकाले विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गरेका हुन् ।
उनले तत्काल लकडाउन खुलाउदा जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई असर पुग्ने हुनाले तीन हप्ता हालको ब्यवस्था यथावत रहने बताएका छन् ।

हालसम्म बेलायतमा कोरोना भाइरस  संक्रमितको संख्या एक लाख तीन हजार नाघेको छ भने झण्डै १४ हजारको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्