बितेको २४ घण्टामा अमेरिकामा कोरोना संक्रमित २६ हजार बढी



एजेन्सी, बैशाख-१५ । महामारीका रुपमा बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमित अमेरिकामा पछिल्लो २४ घण्टा बीच २६ हजार १ सय ६७ जना नयाँ थपिएका छ। योसँगै त्यहाँ  संक्रमित हुने मानिसको संख्या ९ लाख ८६ हजार ८ सय १८ जना पुगेको छ।

भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ। कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ३ सय ९६ पुगेको हो।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७ सय ७७ जना उपचारपछि निको भएर घर फर्किसकेका  छन्।

प्रतिक्रिया दिनुहोस्