भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ९ सय नाघ्यो



काठमाडौं,बैशाख-१६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा ज्यान जानेको संख्या ९ सय नाघेको छ। पछिल्लो समयमा भारतमा संक्रमण बढ्दो रुपमा देखिएको त्यहाँस्थित संचारमाध्यमहरुले जनाएका छन ।

भारतमा बितेको २४ घण्टामा ५८ जनाले ज्यान गुमाएका छन्।यससँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको हो ।भारतमा भाइरस संक्रमणको दर समेत वृद्धि भएको छ। भारतमा एकैदिन १ हजार ५ सय ६१ जनामा संक्रमित भएका छन्। यससँगै संक्रमित संख्या २९ हजार ४५१ पुगेको छ।

भाइरस बाट छुटकारा पाई ७ हजार १ सय ३७ जना उपचारपछि निको भएका छन् । २१ हजार ३ सय ७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्