भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो



एजेन्सी, बैशाख-१८ ।  भारतस्थित छिमेकी देशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । बुधबारमात्रै भारतमा १ हजारभन्दा ७ सय ३८ जना बढी संक्रमित फेला परेको त्यहाँस्थित संचार माध्यमहरुले जनाएका छन् ।

भारतमा थपिएको नयाँ संक्रमितसंगै बिहिबार बिहान सम्म कोरोना संकमितको संख्या ३३ हजार ६२ पुगेको छ । त्यस्तै बुधबारमात्रै कोरोना भाइरसबाट संक्रमित ७१ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ ।

संक्रमितमध्ये ८ हजार ४३७ जना निको भएर घर फर्किएका छन् । भारतमा दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै गएको छ । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्