रहेनन् अभिनेता ऋषि कपूर



मुम्बई, बैशाख-१८ । बलिउड क्षेत्रका चर्चित  अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा निधन भएको हो।

हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार उनी बुधबार स्वास्थ्यमा समस्या भएपछि उक्त अस्पतालमा भर्ना भएका थिए।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । भारत फर्केपछि पनि उनी दुई पटक अस्पताल भर्ना भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्